ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा चुनावका दिन यी सवारी साधन मात्रै चलाउन पाइने

मङ्गलबार १२, फागुन २०८२ १०:४८

धनगढी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मतदान हुने दिन सवारी साधन प्रयोगबारे जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ । २० गते बुधवार राति १२ बजेदेखि २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि सवारी साधन प्रयोगबारे प्रशासनले सूचना जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार उक्त अवधिमा एम्बुलेन्स, टयाङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी मात्रै सञ्चालन गर्न पाइने छ । 

यस्तै, नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधन र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरिएको जोशीले जानकारी दिए । 

प्रतिक्रिया