धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल चालकलाई झापड हान्ने ट्राफिक प्रहरीकाथि छानबिन गर्न टोली गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरीक्षक कटक कुँवरको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन टोलीलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हवल्दार डेबिट श्रेष्ठले गुडिरहेको मोटरसाईकल सँगै दौड्दै रोकेर चालकलाई झापड हानेको भिडियो सार्वजनिक भएको थियो ।
चालकलाई झापड हानेको भिडियो खिचेको भन्दै पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुंगालमाथि समेत हवलदार श्रेष्ठले दुर्ववहार गरेका थिए ।
प्रतिक्रिया