धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का काँग्रेस उम्मेदवार नरनारायण शाह ‘मनु’ले धनगढी उपमहानरपालिकाका चार क्षेत्रमा आकासे पुल बनाउने घोषणा गरेका छन् ।
आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत शाहले यस्तो घोषणा गरेका हुन् । ‘धनगढीको शहीद गेट, चौराहा, एलएन चोक र क्यम्पस रोडमा आकासे पुल निर्माण गर्ने अठोट लिएको छु,’ शाहले भने ।
शाहले यसअघि नै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । शाहले आफू निर्वाचित भए धनगढीलाई महानगरपालिका बनाउन पहल गर्ने पनि बताएका छन् । शाहले संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताएका छन् ।
प्रतिक्रिया