धनगढी । ०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा २०७४ को आम निर्वाचनमा पाएको आफ्नो लिडिङ्ग हैसियत गुमायो । तर, काङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा पनि लोकप्रियतालाई भने कायम राख्न सफल भयो ।
१६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ को निर्वाचनमा नेकपा एमालेले मात्रै ११ सिट जितेको थियो ।
तर, २०७९ सम्म आइपुग्दा आफ्नो त्यो हैसियत गुमाएर सुदूरपश्चिममा एमाले प्रतिनिधिसभातर्फ दुई सिटमा खुम्चिएको थियो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारीले नेकपा एमालेको साख जोगाएका थिए । समानुपातिकमा भने एमाले पहिलो प्रदेशमा पहिलो दल बनेको थियो ।
आसन्न निर्वाचनमा एमालेले प्रदेशमा १२ सिट जित्ने उपमहासचिव लेखराज भट्टले दाबी गरेका थिए । तर, एमालेको आन्तरिक विश्लेषणमा सात सिट सुरक्षितमा राखिएको छ । कैलाली- २ र ४, कंचनपुर ३, अछाम- २, बैतडी, दार्चुला र बझाङमा चुनाव जित्ने एमालेको आन्तरिक विश्लेषण छ । कंचनपुर- १ र बाजुरामा पनि माहोल राम्रो भएको एमालेको दाबी छ । डडेल्धुराबाहेक अन्य क्षेत्रमा पनि एमाले उम्मेदवार मुख्य प्रतिस्पर्धामा रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया