स्थानीय बजारमा मंगलबार सुनको मूल्य ३ लाख १४ हजार रूपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १ हजार ३०० रूपैयाँले बढ्दै ३ लाख १४ हजार ८०० रूपैयाँ पुगेको हो ।
तर, आज चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घट्दै ५ हजार ५८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ५९५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया