ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका सीमा नाका १८ गतेको मध्यरातिदेखि बन्द गरिने

मङ्गलबार १२, फागुन २०८२ ०७:३८

धनगढी । २१ फागुनमा हुने निर्वाचनका लागि कैलालीमा रहेका भारतीय सीमा नाका तीन दिन बन्द गरिने भएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तीन दिन नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

१८ फागुनको राति १२ बजेदेखि २१ फागुनको राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ ।

प्रतिक्रिया