धनगढी । सुदूरपश्चिम प्रदेशमा सन् २०२५ को अवधिमा मानव अधिकार हननका घटनाबाट ८८९ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार धनगढीमा सार्वजनिक गरेको मावन अधिकार वर्ष पुस्तक २०२६ मा उक्त घटनाहरुको अभिलेख राखिएको छ । यो अवधिमा सबै भन्दा बढि महिला अधिकार हननका घटनामा ६०९ जना महिला पीडित भएका छन् ।
इन्सेकले उक्त पुस्तकको सन्दर्शमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल’मा इन्सेकका मानव अधिकार अधिकृत कृष्णबहादुर विकले बाल अधिकार हननका घटनाबाट १०५ जना पीडित भएको बताए । उनले घटनामा १३५ जना भएको बताए । राज्यपक्षबाट ५८ जना र अन्यपक्षबाट ७७ जना घाइते भएका थिए ।
राज्यपक्षबाट भएको मानव अधिकार हननका घटनाबाट ६४ जना पीडित भएको वर्ष पुस्तकमा उल्लेख छ । अन्यपक्षबाट ८२५ जना पीडित भएका छन् । राज्य पक्षबाट भएको घटनामा महिला भन्दा पुरुष बढि पीडित भएका छन् भने अन्य पक्षबाट भएको घटनामा महिला बढि पीडित छन् । पुस्तकमा राज्य पक्षबाट भएको घटनामा ५७ पुरुष र अन्य पक्षबाट भएको घटनामा ७२६ जना महिला पीडित भएको उल्लेख छ ।
कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले ३४ वर्षदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताए । उनले हरेक वर्ष नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिदै आएको वर्ष पुस्तकले अन्तराष्ट्रियस्तरसम्म नेपालको मानव अधिकार हननका घटनाको दस्तावेजीकरण हुने गरेको बताए ।
मानव अधिकार आयोगमा सुदूरपश्चिम प्रदेश कार्यालयका उपससचिव झंकर रावलले कतिपय राज्यको उच्च ओहदामै बसेका व्यक्ति नै मानव अधिकार हननमा संलग्न हुने भएको हुँदा राज्यले मानव अधिकार हननका घटनाका दोषीलाई कारबाही गर्न आयोगले गरेको सिफारिस कार्यान्वयन नहुने गरेको बताए ।
प्रतिक्रिया