ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आठ पटक सूचना निकाल्दा पनि धनगढी बसपार्कको सटर भाडामा लागेन

मङ्गलबार १२, फागुन २०८२ ०१:२९

धनगढी । धनगढी उपमहानगरपालिकाले आठ पटक सूचना निकाल्दा पनि धनगढी बसपार्कको सटर भाडामा नलागेपछि नवौं पटक सूचना जारी गरेको छ । उपमहानगरको स्वामित्वमा रहेको धनगढी बसपार्कको सपिङ कम्प्लेक्सको माथिल्लो तलाका सात वटा सटरहरु खाली छन् । 

ती सटरहरु भाडामा लगाउन उपमहागनरपालिकाले पटकपटक सूचना जारी गरे पनि कसैले टेण्डर नभरेपछि उपमहानगरपालिकाले नवौं पटक सूचना प्रकाशित गरेको हो ।

मासिक ३२ हजार नौं सय रुपैयाँ भाडा निर्धारण गरिएको सटर छ वर्षका लागि भाडा दिने सूचनामा उल्लेख छ । बहाल अवधिमा २–२ वर्षमा बढेको भाडा रकममा १० प्रतिशतका दरले भाडा बृद्धि हुने सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया