धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ । रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका हुन् । उनी पत्रकारिता छोडेर राजनीति सुरु गरेका थिए ।
महता २७ हजार ११८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९४४३ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले ७५७५ मत ल्याए भने नेकपाका मानबहादुर सुनारले ४२८४ मत पाए । राप्रपाका पूर्णबहादुर चन्दले ३९०२ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका भीमबहादुर कुमालले २६८ मत ल्याएका छन् ।
प्रतिक्रिया