धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका बिना मगरले ११ हजार ११० मत ल्याइन ।
त्यस्तै काङ्ग्रेसका गोपी उपाध्यायले आठ हजार ४६७, नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत ल्याए ।
१ नम्बरमा धामीको जित संगै रास्वपाले कञ्चनपुरमा क्लिन स्वीप गरेको छ । यसअघि नै २ नम्बर क्षेत्रमा रास्वपाकै दीपक बोहरा र ३ नम्बरमा ज्ञानेन्द्र महता विजयी भइसकेका छन् ।
प्रतिक्रिया