ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाम– १ मा भीम रावललाई पराजित गर्दै कांग्रेसले गर्‍यो २६ वर्षपछि कमब्याक

शनिबार २३, फागुन २०८२ ०३:४७

धनगढी । अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भरतकुमार स्वाँर १० हजार ७५९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २३३ मत पाए । रावल ५२६ मतले पराजित भएका हुन् ।

रावलले यसअघि लडेका पाँचमध्ये तीनमा जित र दुई निर्वाचनमा पराजय भोगेका थिए ।

कांग्रेसले भने यो क्षेत्रमा २६ वर्षपछि जित निकालेको हो । यसअघि अछाम– १ मा कांग्रेसका गोविन्दबहादुर शाह २०५६ सालमा विजयी भएका थिए । 

प्रतिक्रिया