धनगढी । कैलालीको धनगढीमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर भएको छ ।
धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा मदिरा सेवन गरेका दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले छ राउन्ड हवाई फायर गरिएको हो ।
सो क्रममा कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दको गाडीमा पनि ढुंगानुढा भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षकसहित दुई जना घाइते भएका हुन् ।
घटनाको अनुसन्धानको लागि १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया