धनगढी । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा विजयी भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेका ‘राइड ह्यान्ड’ मानिने बोहरा ३३ हजार ९५२ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री नारायण प्रकाश (एनपी) साउँदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।
एमालेका बचनबहादुर सिंहले छ हजार ४१८ र नेकपाका माधव पन्तले छ हजार ३३७ मत पाए ।
प्रतिक्रिया