ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा रास्वपाले भत्कायो कांग्रेसको किल्ला, जोशी विजयी

शनिबार २३, फागुन २०८२ ०५:४१


धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ । रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत ल्याए । नेकपाका मानसिंह मालले छ हजार ८३४ र एमालेका चक्र स्नेशीले तीन हजार २६ मत ल्याए । स्नेहीको जमानत जफत भएको छ ।

डडेल्धुरामा २०४८ सालदेखि ०७९ सालसम्म भएका सात निर्वाचनमा कांग्रेसबाट देउवा विजयी भएका थिए । यसपटक उनी उम्मेदवार नहुँदा कांग्रेसले महरलाई उम्मेदवार बनाएको थियो । 

प्रतिक्रिया