ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल–भारत मैत्री होली महोत्सव सम्पन्न

आइतबार ०१, चैत २०८२ ०१:२९

धनगढी । भारतको उत्तर प्रदेशअन्तर्गत पलिया विधानसभा क्षेत्रको चन्दन चौकीमा भारत–नेपाल मैत्री होली महोत्सव सम्पन्न भएको छ । सरस्वती शिशु विद्या मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा पलिया क्षेत्रका सर्वसाधारण, चन्दन चौकीका स्थानीय बासिन्दा तथा राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेपाल र भारतका अतिथिहरूलाई भगवान रामको स्मृतिचिन्ह प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा भारत–नेपालबीच रहेको ऐतिहासिक रोटी–बेटी सम्बन्ध, सामाजिक सद्भाव र दुई देशबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघका वरिष्ठ प्रचारक तथा कुटुम्ब प्रबोधन प्रमुख ओमपाल सिंह रहेका थिए । साथै ३९औँ बटालियन सशस्त्र सीमा बल एसएसबीका कमाण्डेन्ट राजेन्द्रकुमार राजेश्वरी तथा सहायक कमाण्डेन्ट विजेन्द्र कुमार पनि कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी थिए । 

नेपालतर्फबाट भारत–नेपाल मैत्री संघ सुदूरपश्चिम अध्यक्ष हरिशंकर ठाकुर, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउबा, पत्रकार हेमन्त पौडेल, निर्माण व्यवसायी लक्ष्मण साउद, उद्योगपति शुभ ठाकुर, धार्मिक अभियन्ता पदमराज जोशी, खेलाडी त्रिलोक पाण्डे,  पत्रकार हिक्मत रावल, एसपीए कलेजका म्यानेजिङ डाइरेक्टर सुभाष शाही, युवा नेता डिल्लीराज भट्ट लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया