धनगढी । चैत महिना सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ ।
विशेषगरी बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित छोरीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रही आएको छ ।
यस अवसरमा माइती पक्षका आफन्तले मीठोमसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरीबहिनीको घरमा पुग्ने गर्छन ।
पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन । टाढा बसोबास गर्नेहरू पनि चैत महिनामा सकेसम्म छोरीबहिनीलाई भेट्न जाने प्रयास गर्छन ।
प्रतिक्रिया