धनगढी । महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
डडेल्धुराको परशुराम नगरपालिका–६ भोरकुण्डा बस्ने धनबहादुर धामीका १२ वर्षीय छोरा योगेश धामीको साथीहरूसँग पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया