ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जीवित बन्धकको नयाँ सूची सार्वजनिक, विपिनको नाम पनि समावेश

आइतबार २६, असोज २०८२ १०:१६

धनगढी । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । 

यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास इजरायलको रहेको उल्लेख गरेको छ । 

हाल गाजामा ४८ जना बन्धकहरू छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ । इजरायलले कम्तीमा २५ जना बन्धकहरू ७ अक्टोबर २०२३ मा मारिएको वा बन्दी अवस्थामा मृत्यु भएको पत्ता लगाएको छ ।

विपिन जोशी आक्रमण हुनु एक महिनाअघि मात्र नेपालबाट इजरायल गएका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

प्रतिक्रिया