ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ५ मा एमालेका ढुंगानासहित १२ उम्मेदवारको जमानत जफत

शनिबार २३, फागुन २०८२ ०३:०८

धनगढी । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानासहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । उक्त ऐनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने व्यवस्था छ ।

कैलाली क्षेत्र नम्बर ५ मा कुल ६२ हजार १४७ मत सदर हुँदा धरौटी जोगाउन छ हजार २१५ मत प्राप्त गर्नुपर्ने थियो । एमालेका ढुंगानाले भने पाँच हजार ८३९ मत मात्रै पाए । 

यो क्षेत्रमा रास्वपाका आनन्द चन्द विजयी हुँदा कांग्रेसका नरनारायण शाह र नेकपाका प्रेम आलेले मात्रै जमानत जोगाएका छन् । 

प्रतिक्रिया