ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ५ मा रास्वपाका चन्द विजयी

शनिबार २३, फागुन २०८२ ०२:५६

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । उनी ३१ हजार ९५३ मत पाउँदै विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाएका छन् ।


त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ८७६ र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत पाएका छन् । कैलाली ५ मा ६५ हजार ९६३ मत खसेको थियो ।

यो क्षेत्रमा अधिकांश निर्वाचन कांग्रेसले जित्दै आएको छ । ०७० सालको संविधानसभा, ०७१ सालको उपनिर्वाचन र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । 

प्रतिक्रिया