धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
हालसम्म १ हजार ५ सय ७२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले सबैभन्दा बढी ६ सय ४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । यस्तै काँग्रेसका भिम वड्वालले २ सय १५ मत पाएका ।
यो क्षेत्रमा रास्वपाका जगत जोशीले २ सय ७५ मत ल्याएका छन् । नेकपा एमालेलेका गौरी शंकर चौधरीले १ सय ३ मत पाएका छन् । चकियाले २ सय ५२ मत प्राप्त गरेको छ । त्यसैगरी ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख ९ हजार १२२ छ भने खसेको मत ६० हजार २९४ रहेको छ ।
प्रतिक्रिया