ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका कुन निर्वाचन क्षेत्रमा कसको अग्रता ?

शुक्रबार २२, फागुन २०८२ ०६:२३

धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेका १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । बझाङ, दार्चुला र बाजुराबाहेक अन्य निर्वाचन क्षेत्रमा प्रारम्भिक नतिजा पनि सार्वजनिक हुँदै आएको छ ।

मतगणना जारी क्षेत्रमा आठमा रास्वपा, तीनमा एमाले र दुईमा नेकपा उम्मेदवारले अग्रता बनाएका छन् । कैलाली १, ४ र ५, कञ्चनपुरका तीन वटै क्षेत्र, बैतडी तथा डडेल्धुरामा रास्वपा उम्मेदवारको अग्रता छ ।

कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र महताले सुरुवातदेखि नै आग्रता कायम राखेका छन् । बोहरा जित नजिक छन् । यस्तै कैलाली ५ मा रास्वपाका आनन्दबहादुर चन्द, ४ मा खेमराज कोइराला र १ मा कोमल ज्ञवाली अगाडि छन् । डडेल्धुरामा रास्वपाकै तारा जोशी र बैतडीमा हरिमोहन भण्डारी अगाडि छन् ।

कैलाली क्षेत्र नम्बर २ मा एमालेका सुर्य थापा, डोटीमा दीपक धामी र अछाम २ मा यज्ञ बोगटी अगाडि छन् । अछाम १ मा नेकपाका भीम रावल र कैलाली ३ मा वीरमान चौधरीको अग्रता छ ।

प्रतिक्रिया