धनगढी । भारतको मुम्बईमा जारी आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका खेलाडीलाई धनगढीको एसपीए कलेजले नगदसहित सम्मानित गरेको छ ।
एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित एसपीए सम्मान प्रदान गरेको हो । कलेजको २७औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार कलेजमा आयोजित एक समारोहकाबीच दुबै खेलाडीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद् डा. हेमराज पन्तसहित कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दुबै खेलाडीलाई दोसल्लासहित विशेष सम्मान व्यक्त गरेका थिए ।
विश्वकपमा इग्ल्याण्डविरूद्द लोकेशले २० बलमा ४ चौका र २ छक्कासहितको सानदार ३९ रनको पारी खेल्दै नेपाललाई जित नजिक पुर्याएका थिए । यस्तै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बल मा नै शेर मल्लले फिल सल्टको विकेट लिएका थिए ।
प्रतिक्रिया