ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपालको लगातार तेस्रो पराजय, सुपर– ८ को सम्भावना समाप्त

आइतबार ०३, फागुन २०८२ ०२:४१

लगातार तेस्रो हारसँगै नेपाल आईसीसी पुरुष टी– २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार नेपालविरुद्ध वेस्ट इन्डिजले ९ वकेटको सहज जित निकाल्यो ।

मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍‍‌यो ।

वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ४४ बलमा ५ चौका र ३ छक्काको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी, सिम्रन हेटमायरले अविजित ४६ र ब्रेन्डन किङ्गले २२ रन बनाए ।

नेपालका लागि १ मात्र विकेट नन्दन यादवले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दीपेन्द्रले ४७ बलमा ३–३ चौका र छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी सोमपाल कामीले अविजित २६, लोकश बमले १३ तथा आसिफ शेख र गुल्सनकुमार झाले ११–११ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्ड र शमर जोशेफ र रोस्टन चेजले १–१ विकेट लिए ।

तेस्रो हारसँगै समूह ‘सी’को नेपाल अंकविहीन छ । यसअघि नेपालले इंग्ल्यान्डसँग ४ रन र इटालीसँग १० विकेटको हार व्यहोरेको थियो ।

यता लगातार तेस्रो जितसँगै ६ अंक जाेडेकाे वेस्ट इन्डिजले  एक खेल अगावै सुपर– ८ मा स्थान बनाएको छ । यसअघि वेस्ट इन्डिजले स्कटल्यान्डलाई २५ र इंग्ल्यान्डलाई ३० रनले हराएको थियो ।

प्रतिक्रिया