मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् ।
आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो । दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।
दीपेन्द्रको रेटिङ अंक बढेर २४४ पुगेको छ । यसअघि उनको रेटिङ अंक २०२ थियो ।
प्रतिक्रिया