धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५३.५ र डिजेल र मट्टितेल प्रतिलिटर १३३.५ कायम भएको छ । यो मुल्य धनगढी, नेपालगञ्ज, विरजञ्ज, धनुसा, विराटनगर लगायतका तराइँमा निगमनको दिपो भएको क्षेत्रमा लागु हुनेछ ।
सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल प्रतिलिटर १३५ रुपैयाँ पर्ने छ । काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ पर्ने निगमनले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
प्रतिक्रिया