ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नवजीवन सहकारीको कुल सम्पत्ति सात अर्ब

बुधबार १३, फागुन २०८२ १२:३३


धनगढी । सहकारी संस्थाहरुका बेतिथि बढेको बेला कैलालीको नवजीवन सहकारी संस्थाको कुल पुँजी झण्डै सात अर्ब पुगेको छ । सहकारी संस्थाका सञ्चालक र उनीहरुको परिवारलाई लगानी नगर्ने नीति लिएको उक्त सहकारी संस्थाले आफ्नो सम्पत्ति बढाउँदै गएको हो ।

संस्थाको २०८२ माघ मसान्तसम्मको वित्तीय विरणअनुसार कुल सम्पत्ति छ अर्ब ९९ करोड ५० लाख २४ हजार २८ रुपैयाँ पुगेको छ । यो अवधिमा उक्त संस्थाको कुल संस्थागत पुँजी ५२ करोड ८१ लाख १२ हजार ५०३ पुगेको छ भने शेयर पुँजी ३३ करोड ८७ लाख ८० हजार दुई सय पुगेको छ ।

संस्थाका शेयर सदस्य ३९ हजार ७३९ जना छन् । संस्थाले पाँच अर्ब ४६ करोड ९४ लाख ३९ हजार २५ रुपैयाँ बचत संकलन गरेको छ भने पाँच हजार २०६ जनालाई चार अर्ब २१ करोड ९३ लाख २७ हजार ८४९ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले एक अर्ब ९७ करोड ५३ लाख ९० हजार ४८ रुपैयाँ (३६.१२ प्रतिशत) तरलता रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

यसैगरी, जगेडा कोषमा ४९ करोड ९० लाख ८० हजार ४८७ रुपैयाँ जम्मा गरेको छ भने विनिन्न कोषहरुमा नौ करोड ६५ लाख ९४ हजार २१५ रुपैयाँ जम्मा भएको जनाएको छ ।

प्रतिक्रिया