ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

मङ्गलबार २९, पुष २०८२ ०४:३३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले भोलि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । प्रदेश राजपत्रमा पुस ३० गते जिता पर्व भनेर सार्वजनिक बिदा उल्लेख छ ।

माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा पर्व मनाइन्छ । सो अवसरमा माघ १ गते राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ । त्यसपछि स्थानीय स्तरमा पनि सार्वजनिक बिदा दिइँदै आइएको छ ।

प्रतिक्रिया