धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ की तुलसी नाथको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्या अभियोगमा पक्राउ परेका मृतकका देवर २० वर्षीय नविन नाथलाई प्रहरीले पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो ।
नाथले शुक्रबार बिहान घर अगाडिको नालामा मृत अवस्थामा फेला परेकी तुलसीको सिरानीले मुख थिची हत्या गरेको स्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले १६ दिनकी सुत्केरी अवस्थाकी तुलसीले पटकपटक आफ्ना् विषयमा कुरा काटेकोले हत्या गरेको बयान नविनले दिएका छन् ।
प्रतिक्रिया