ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा पुग्यो निर्वाचन सामग्री, मतपेटिका पुरानै प्रयोग गरिने

बिहिबार ०७, फागुन २०८२ ०१:०२

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्ला ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक लाख ७१ हजार मतपत्र आइपुगेका छन् ।

मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने जनाइएको छ । बैतडीमा कुल एक लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया