ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य एकैदिन ४ हजार ३०० रूपैयाँले बढ्यो

बिहिबार ०७, फागुन २०८२ ११:४७

बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यस साता प्रायः चारै दिन ओरालो लागेको सुनको मूल्य ५ हजारमाथिले घट्न पुगेको थियो ।

तर, बिहीबार भने एकैदिन तोलामा ४ हजार ३०० रूपैयाँले बढेर ३ लाख ४ हजार ७०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि तोलामा १८० रूपैयाँले बढ्दै ५ हजार ६० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८८० रूपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया