धनगढी । कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका- १ स्थित हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशातर्फ गइरहेको से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मोटरसाइलल चालक सोही गाउँपालिका- ५ बस्ने ३५ वर्षीया ईप्सा चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीलाई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । गाडीमा सवार जिल्ला कैलारी- ७ बस्ने ५० वर्षीय तारा चौधरी घाइते छन् । अन्य दुई जना समान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
गाडी चालक कैलारी- ७ बस्ने ४० वर्षीय दिपेन्द्र बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बम कैलारी- ७ का वडा अध्यक्ष हुन् ।
प्रतिक्रिया