काठमाडौं । सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति ८ बजे सर्लाहीको इश्वरपुर नगरपालिका(१३ बाके(संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएको थियो ।
सूचनापश्चात प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरीले घटनास्थलबाट ४ जनालाई घाइते अवस्थामा उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाएको थियो ।
तीमध्ये गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका सर्लाहीको हरिपुर्वा नगरपालिका(९ मिर्चैयाका अन्दाजी ३०र३५ वर्षका मुकेश राय र सोही ठाउँका अन्दाजी ३० वर्षका रामज्ञान रायको उपचारका क्रममा मृत्यु भएको हो ।
हरिपूर्वा ९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय विश्वास राय भने सामान्य घाइते भएका थिए । उपचारपश्चात उनीहरूलाई इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा राखेर घटनाको अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया