ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

आइतबार ०८, असार २०८२ ०८:०३

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशस्थित उद्यमसिंह नगरमा बन्धक बनाइएका ३५ नेपालीलाई उद्धार गरिएको छ ।

दिल्लीस्थित सामाजिक संस्था ‘किन इन्डिया’ को टोलीले स्थानीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरेको हो ।

‘किन इन्डिया’ का प्रमुख नवीन जोशीका अनुसार उद्यमसिंह नगर जिल्लाको काशीपुरबाट उद्धार गरिएकाहरू १६ देखि ४१ वर्षसम्मका छन् ।

उनीहरू दुई सातादेखि १० महिनासम्म बन्धक बनाइएका थिए । कुटपिट गरिएका कारण उनीहरूको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।

प्रतिक्रिया