ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाम्का बजारका अग्निपीडितलाई त्रिवेणी नगरपालिकाले १० लाख राहत दिने

आइतबार २५, जेठ २०८२ ०६:२४

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६, बाम्का बजारका आगलागीपीडितलाई नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कार्यपालिका बैठकले पीडितलाई राहत तथा पुनर्निर्माणका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले पीडितलाई सहयोग गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । आगलागीले स्थानीय व्यवसायीको जीविकोपार्जनमा गम्भीर असर परेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर साउँदले बताए । नगरपालिकाले आइतबार प्रेस विज्ञप्ति जारी गरी आगलागीको घटनाप्रति दुख व्यक्त गरेको छ ।

बाम्का बजारमा शुक्रबार भएको आगलागीमा ३५ वटा पसल जलेर नष्ट भएका छन् । आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय आइतबार गरेको छ । 

प्रतिक्रिया