बाजुरा । बाजुराको बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीमा पौने नौ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको विवरण संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आगलागीबाट ३५ पसल जलेर नष्ट भएका जनाएको छ ।
ती पसलमा आठ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
बुढीगंगा नगरपालिका–६ बाम्का बजारस्थित नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी सुरु भएको थियो ।
आगलागीबाट योगनाथ न्यौपानेको किनारा पसलमा मात्रै सबैभन्दा बढी एक करोड ८० लाख बराबरको क्षति भएको विवरण प्रहरीले संकलन गरेको छ । दमकल नहुँदा समयमै आगो नियन्त्रण लिन सकिएको थिएन ।
प्रतिक्रिया