ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गौरीफण्टा नाका भएर भारतबाट फर्केका थप पाँच जनामा कोरोनाको संक्रमण

शनिबार २४, जेठ २०८२ १०:०१

धनगढी । भारतबाट फर्केका थप पाँच जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका पाँच जना महिलामा शुक्रबार कोरोना संक्रमण देखिएको हो । 

संक्रमण देखिएकामध्ये तीन जना कैलाली र दुई जना अछामका हुन् । पाँचै जना भारतको गुजरातबाट फर्केका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्रिनगर नाकामा शुक्रबार कोरोनाको लक्षण देखिएका ३० जनामा एण्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी स्रोत व्यक्ति हेमराज जोशीले जानकारी दिए ।  

कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको जोशीले बताए । यसअघि त्रिनगर नाकाम बुधबार गरिएको परीक्षणमा तीन जना र बिहीबार एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

ज्वरो र रुघाखोकीको समस्या रहेलाई त्रिनगर नाकामा परीक्षण गर्ने गरिएको छ । स्वास्थ्य निर्देशालयअन्तर्गत आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ ।

केही समययता भारतमा कोरोना संक्रमण बढ्दै गए पनि पर्याप्त किट नहुँदा सुदूरपश्चिमका सबै नाकामा भारतबाट फर्कनेको कोरोना परीक्षण हुन सकेको छैन । स्रोत व्यक्ति जोशीले संघीय सरकारबाट शुक्रबार दुई सय वटा एण्टीजेन आएको र छिट्टै गड्डाचौकी नाकामा पनि कोरोना परीक्षण गरिने उनले बताए ।
ु 

प्रतिक्रिया