सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एक बालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन् । सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया