ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराकाे बाम्का बजारमा भिषण आगलागी

शुक्रबार २३, जेठ २०८२ ०६:०७

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ ।

हाेटलमा रहेको ग्यास सिलिन्डर पड्किएर शुक्रबार दिउँसो भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

बजार क्षेत्रमा एक लाइनमा रहेका ४० वटा पसल जलेको बुढीगंगाका मेयर रामबहादुर बानियाले बताए । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको उनले बताए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा दिउँसो ग्याँस सिलिन्डर पड्किएर आगलागी सुरु भएको हो । 

प्रतिक्रिया