ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

बिहिबार २२, जेठ २०८२ ०९:०६

धनगढी । कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान सवा चार बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–१ को भालुफटामा से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकेको सुपप्र ०१–००२ त ५१५८ नम्बरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । यस्तै, मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका –३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी सिंहले बताए ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछाडि सवार घोडाघोडीकै २२ वर्षीय अर्जुन चौधरी पनि घाइते छन् । चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया