ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पत्रकारिता तालिम सुरु

सोमबार १२, जेठ २०८२ १०:३१

धनगढी । धनगढीमा पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सोमबारदेखि ‘विकास’ पत्रकारिता सम्बन्धी तालिम कार्यक्रम सुरु गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भइरहेको दुुई दिने तालिम कार्यक्रमको आन्तरिक मामिला तथा कानुुन मन्त्री हिराबहादुर सार्कीले उद्घाटन गरेका छन् । उक्त तालिम कार्यक्रममा प्रदेशका सबै जिल्लाबाट सहभागिता रहेको महासचिव शिवराज भट्टले बताए । तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार धर्मेन्द्र झाले गर्ने छन् ।

प्रतिक्रिया