बझाङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
छबिसपाथिभेरा गाउँपालिका–४ झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया