ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा बहुलाहा कुकुरको आतंक, टोकेर एकैदिन १६ जना घाइते

आइतबार ०१, चैत २०८२ ०६:२५

धनगढी । कञ्चनपुरमा बहुला कुकुरले टोक्दा १६ जना घाइते भएका छन् । आज दिउँसो भीमदत्त नगरपालिका- ४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १६ जना घाइते भएका हुन् ।

भीमदत्त- ३ बस्ने २१ वर्षीय अबिनाश बिष्ट, वडा नम्बर १८ बस्ने २० वर्षीय रोशन भट्ट, वडा नम्बर ४ का ४५ वर्षीय जहिद मुस्लिम, बेदकोट नगरपालिका- ३ बस्ने २१ वर्षीया मानमति जोशी, भीमदत्त- ४ बस्ने ४० वर्षीय दिव्य सागर, ६८ वर्षीय दुर्गादत्त पन्त, वडा नम्बर १८ बस्ने १७ वर्षीया नन्दा सिंह, ३० वर्षीय किशोर बिष्ट, १८ वर्षीया सृजना बिष्ट र भीमदत्त- ८ बस्ने ३२ वर्षीय निराजन चौधरी घाइते भएक छन् ।

यस्तै भीमदत्त- १८ का २२ वर्षीय पिरन्जल भट्ट, बैतडीलो सुर्नया गाउँपालिका- ४ बस्ने २८ वर्षीया बेलु बिक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ११ बस्ने २० वर्षीया शर्मिला ऐरी, भीमदत्त- १८ बस्ने २८ वर्षीया लक्ष्मी नेपाली, २५ वर्षीय चन्द्रादत्त भट्ट र बेदकोट नगरपालिका- १० बस्ने २६ वर्षीया खगेश्वरी जाग्री घाइते छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटेरिनरी अस्पताल बुझाइएको छ ।

प्रतिक्रिया