ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य घट्यो

आइतबार ०१, चैत २०८२ ११:४६

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार ८०० र चाँदी २२५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० निर्धारण भएको छ । 

गत शुक्रबार एक तोला सुन रु ३ लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र चाँदी रु ५ हजार ५१५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया