वासिङ्टन डीसी । इरानविरुद्ध सञ्चालन गरिरहेको ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत हालसम्म करिब ६ हजार लक्ष्यमा आक्रमण गरिएको अमेरिकाले जनाएको छ । यो तथ्याङ्क अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमले सार्वजनिक गरेको हो ।
उक्त कमाण्डका अनुसार आक्रमणका क्रममा इरानका करिब ६० वटा जहाज र ३० वटा माइन्स बिछ्याउने जहाज क्षति पुर्याइएको वा नष्ट गरिएको छ । यसका अतिरिक्त अमेरिकी आक्रमणको निशानामा सैन्य कमाण्ड केन्द्र, हतियार उत्पादन गर्ने कारखाना, ब्यालिस्टिक मिसाइल साइट,
पनडुब्बी, तथा हवाई प्रतिरक्षा प्रणालीमाथि पनि प्रहार भएको छ ।
यसैबीच अमेरिकी सञ्चारमाध्यमहरूले सुरुवाती हवाई आक्रमणका क्रममा इरानको एक विद्यालयमा बम खसेको हुनसक्ने आशङ्का गरिएको बताएका छन् । प्रारम्भिक अनुसन्धानमा अमेरिकी सेनाको आक्रमणबाट अनजानमा विद्यालयमा क्षति पुगेको हुनसक्ने सङ्केत देखिए पनि अन्तिम निष्कर्ष भने अझै नआएको बताइएको छ ।
प्रतिक्रिया