भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको सोबारे जानकारी गराएका हुन् ।
रुबियोकाअनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहने छैन । मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नेछन् ।
यद्यपि सिनेटर लीले ट्रम्प प्रशासनको भेनेजुएलाविरुद्धको यस कारबाहीको औचित्यमाथि प्रश्न समेत उठाएका छन् । उनले युद्धको घोषणा वा सैन्य बल प्रयोगको स्पष्ट अधिकार बिना गरिएको यस कदमको संवैधानिक आधारबारे थप बुझ्न आफू उत्सुक रहेको बताए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
प्रतिक्रिया