ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मतदानका लागि डडेल्धुरा पुग्लान् देउवा ?

बुधबार १३, फागुन २०८२ ०३:२०

धनगढी । चुनावी प्रचारमा नदेखिएका काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मतदानका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने चर्चा सुदूरपश्चिममा छ । ‘२० फागुनमा उहाँ धनगढी आउनुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘मतदानका लागि २१ फागुनमा उहाँ डडेल्धुरा जानुहुन्छ भन्ने जानकारी आएको छ ।’

तर, देउवा सचिवालयले भने मतदानका लागि डडेल्धुरा जाने वा नजानेबारे अहिले टुंगो लागेको छैन । ‘चुनावी कार्यक्रममा कतै पनि जाने कार्यक्रम छैन,’ देउवा सचिवालयले भन्यो, ‘तर, मदतानका लागि डडेल्धुरा जाने वा नजाने भन्नेबारे २–३ दिनभित्रै टुंगो लाग्छ ।’

निर्वाचनका लागि देउवा र उनकी पत्नी आरजु राणा देउवाको मतदान केन्द्र गन्यापधुरा गाउँपालिका– १ रुवाखोलमा रहेको असिग्राम मावि छ । ०७९ सालमा हेलिकोप्टरमा रुवाखोला पुगेका देउवाले सोही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

डडेल्धुराबाट ०४८ सालदेखि ०७९ सालसम्मका हरेक संघीय निर्वाचन जितेका नेपाली कांग्रेसका निवर्तमान सभापति देउवा आसन्न निर्वाचनमा उम्मेदवार छैनन् । हुन् त उनी अन्तिमपटक डडेल्धुराबाटै निर्वाचन लड्न चाहन्थे ।

तर, विशेष महाधिवेशनमार्फत नेतृत्व खोसिएपछि निर्वाचन आयोग हुँदै अदालत पुगेका देउवाले मनोनयन दर्ताको अघिल्लो राति चुनाव नलड्ने घोषणा गरे । उम्मेदवार नरहेको देउवा कांग्रेसको चुनावी कार्यक्रममा पनि कतै देखिएका छैनन् । न कांग्रेस उम्मेदवार जिताउन सार्वजनिक टिप्पणी नै दिएका छन् । 

प्रतिक्रिया