ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

सोमबार ११, फागुन २०८२ ०८:०८

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जिप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा उनको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि करीब ७.३० बजे अस्पताल पुर्‍याइएकोमा डाक्टरले चेकजाँच गर्दा ८.१५ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बोगटानबाट दीपायलतर्फ गइरहेको  सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जिप धौलाबस्ती भन्ने ठाउँमा  दुर्घटना चार जना घाइते भएका थिए ।

घाइते तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया