ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्ण मल्लसहितका नेतालाई पार्टीमा फर्कन डडेल्धुरा कांग्रेसको आह्वान

आइतबार १०, फागुन २०८२ ०५:१८

धनगढी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले पार्टीका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेतालाई पार्टीमा फर्कन आह्वान गरेको छ । जिल्ला सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै पार्टीमा फर्केर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नैनसिंह महरलाई जिताउने अभियानमा लाग्न आह्वान गरेका हुन् ।

जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन साउदले आह्वान गरेका छन् ।

अपिलमा अहिलेको अवस्थामा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ। पार्टीले ताजा जनादेशलाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जिल्ला अधिवेशनमा बाहिर राखिएको भन्दै मल्लसहितका नेताहरु बीपी काङ्ग्रेसमा गएका थिए । बीपी काङ्ग्रेसबाटै मल्ल ०७९ सालमा पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध निर्वाचन लड्दै तेस्रो भएका थिए । आसन्न निर्वाचनमा भने बीपी काङ्ग्रेसले उम्मेदवार उठाएको छैन । केही दिनअघि मल्लले भेला बोलाएर एकताका लागि अगाडि बढ्न मल्लले आह्वान गरेका थिए । 

प्रतिक्रिया