ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

देउवाले चुनाव लड्न नपाउने विशेष महाधिवेशन पक्षधरको अडान

मङ्गलबार २९, पुष २०८२ १०:२०

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबिच वार्ता जारी छ । बालुवाटारमा दुई समूहबिच वार्ता भइरहेको हो । 

विशेष महाधिवेशन पक्षधरका एक जना नेताले दिएको जानकारी अनुसार संवादका क्रममा विशेष महाधिवेशन पक्षधरले मुख्य गरी तीन चारवटा विषयमा अडान राख्नेछन्।

पहिलो सभापति शेरबहादुर देउवाले अब सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्नुपर्ने अडान राख्नेछन्। 

दोस्रो अब सभापति देउवाले चुनाव लड्न नहुने अडान छ । सभापति देउवा चुनाव नलडेको खण्डमा दोस्रो व्यक्ति संसदीय दलको नेता बन्ने अवस्था बन्छ। 

तेस्रो कुरा, विशेष महाधिवेशनको अपनत्व सिंगो पार्टीले लिनुपर्छ भन्ने छ । 

प्रतिक्रिया